तपाईँ सुन्दै हुनुहुन्छः

गोठीगाउँका अग्निपिडितले अझै पाएनन् टेण्ट

जुम्ला ।  तिला गाउँपालिका ७ गोठीगाउँका अग्निपिडितले अझै तत्तकालीन आश्रयका लागि पठाइएको टेण्ट पाएका छैनन् । राष्ट्यि आपत्तकालिन कार्यसंचालन केन्द्रबाट पठाएको एक हप्ता बितिसक्दा पनि गोठीगाउँका अग्निपिडितले अझै टेण्ट पाएका छैनन् । जिल्ला प्रशासन कार्यालयले गएको माघ १९ गते तिला गाउँपालिकामा पठाइसकेको थियो । गोठीगाउँका २८ घरधुरीलाई पुग्ने गरी २८ थान सुविधानयुक्त बलिया टेण्ट पठाइएको हो ।

तर कर्मचारीहरुले भने अहिले सम्म वितरण नगर्दा समस्या भएको अग्निपिडित गोविन्द रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो,“अग्निपिडित हिमपातका बेला आफन्तका घरमा कोचिएर बस्न बाध्य छन् । तर गाउँपालिकामा पुगिसकेको डेन्ट अध्यक्ष नआए सम्म वितरण नहुने भन्दै कर्मचारीले थन्काउँदा समस्या भयो ।”

सोमबार पालिकाका कर्मचारी संग टेन्ड कहिले वितरण हुन्छ भनेर बुझ्दा एक जना कर्मचारीले अध्यक्ष नआए सम्म वितरण नहुने बताएको अग्निपिडित रोकायाले उल्लेख गर्नुभयो । तिला गाउँपालिकाले अध्यक्ष रतननाथ योगीले आफु नआए सम्म टेन्ड वितरण नगर्ने कुरा गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो,“टेन्ड पालिकामा पुगेकै दिन अग्निपिडितलाई बाड्नु भनेको हुँ । तत्काल पिडितलाई पुराउने लक्ष्य पनि हो । तर कर्मचारीले ढिलाई किन गरे भन्ने बारे बुझ्दै छु ।”भोली भित्रै अग्निपिडितको समक्ष टेण्ट पुग्ने अध्यक्ष योगीको दाबी छ ।

किन टेन्ड वितरण भएन भन्ने बारे बुझ्न खोज्दा टेन्ड वितरणको जिम्मेवारी लिएका तिला गाउँपालिकाका कर्मचारी मोहन विष्टले फोन उठाएका छैनन् ।अग्निपिडितले रोकायाले थप्नुभयो,”काठमान्डौबाट आफ्नै पालिकामा पुगिसकेको राहत पनि समयमै नदिने गुनासो गरेका छन् ।

हिउँ पर्दा कठ्याग्रिदो चिसोमा आफन्तकै घरमा बस्यौ । तर टेण्ट पाएनौ । कानुनमन्त्री नरेश भण्डारीले एक लाख देखि ५ लाख सम्म राहत घर बनाईदिने आश्वासन दिएका थिए । तर अहिले सम्म कुनै सुर छैन् ।”

प्रतिघरधुरीले पाए १० बोरा चामल

अग्निपिडितहरुले प्रति घरधुरी हाल सम्म १० बोरा चामल,६÷७ कम्बल र अन्य भाडाकुडा पाएको पिडित मान बहादुर रोकायाले बताउनुभयो । प्रदेश सरकार, प्रशासन, गैरसरकारी संस्था लगायत व्यक्तिगत गरी १० बोरा प्रतिपरिवार चामल कम्बल, भाडा कुरा पाएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,“गएको केहि समय अगाडी अग्निपिडितले २ किलो चामल मात्रै राहत पाएको भन्ने गलत समचार सुनियो । तर प्रदेश सरकार प्रशासन लगायत अन्य निकायबाट थुप्रै राहत पाएका छौ । तत्कालै राहत पुग्दा हामी निकै खुसी पनि छौ ।”

स्वार्थ पुरा गर्नका लागि अग्निपिडितका नाममा कसैलाई राजनीति नगर्न समेत अग्निपिडित गोविन्द रोकायाले सुझाब दिनुभएको छ । उहाँले २ किलो मात्रै चामल पाएको भनेर गलत सूचना दिने व्यत्ती पनि बास्तविक अग्निपिडित नभएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button