तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व न्यायाधीश पाण्डेको निधनका कारण भोलि अदालत बन्द हुने

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस आज पनि जारी रह्यो ।
आज प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू विष्णु भट्टराई, रविनारायण खनाल र महेश नेपाल अधिवक्ताहरू लोकनाथ खरेल, मुकुन्द अधिकारी, भोजराज आचार्य, शान्तिदेवी खनाल, अनन्तराज लुइँटेल, मुना लामिछाने, चन्द्रप्रकाश रेग्मी र ईश्वरी भट्टराईले बहस गर्नुभयो ।
बहसमा उहाँहरूले संविधानमा ५ वर्ष सम्म प्रतिनिधिसभा विघटन गर्न नपाउने भन्ने कतै उल्लेख नभएको बताउनुभयो ।
प्रतिनिधिसभा विघटन कानुन व्यवसायीहरूले प्रधानमन्त्रीको विशेष अधिकार भएको जिकिर गर्नुभयो ।
पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको निधनका कारण भोलि अदालत बन्द हुने भएकाले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ नहुने सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button