तपाईँ सुन्दै हुनुहुन्छः

थप १ सय ९४ जना कोरोना सङ्क्रमणमुक्त, १ सय ३० जना संक्रमित

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट आज १ सय ९४  जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ ।

आज देशभर ३ हजार ३ सय ३३ वटा नमुनाको परिक्षण गर्दा १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संंख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।

कोरोना सङ्क्रमणका कारण आज थप ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा संक्रमण पछि मृत्यु हुनेको सङ्ख्या २ हजार ४५ पुगेको छ ।

यस्तै १ हजार ७ सय ४४ सक्रिय संक्रमित मध्ये ६३ जनाको आइसियु र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैबिच, आज देखि काठमाडौँ उपत्यका भित्रका सञ्चारकर्मी, एजेन्सी, राजदूतावास तथा कूटनैतिक नियोगमा कार्यरत व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाउन सुरु भएको छ ।

५ दिनसम्म सञ्चालन हुने खोप अभियानमा सञ्चार कर्मीहरूका लागि निजामती अस्पताल, एजेन्सी तथा विदेशी कर्मचारीहरूका लागि पाटन अस्पताल, राजदूतावास, कूटनैतिक नियोग तथा विदेशी कर्मचारीहरूको हकमा आश्रित समेतका लागि त्रि.वि शिक्षण अस्पताल र सहिद गङ्गालाल अस्पतालमा खोप दिने व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यका बाहिरका जिल्लाहरूको हकमा भने अर्को सूचना जारी गरिने स्वास्थ्य मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button