तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको माडीमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने

चितवन । चितवनको माडीमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । वसन्तपुर यूथ क्लबको आयोजनामा आउँदो फागुन २२ गतेदेखि खुल्ला नकआउट क्रिकेट प्रतियोगिता ‘माडी क्रिकेट कप–२०७७’ हुन लागेको हो ।

प्रतियोगितामा देशभरबाट १६ टिमको सहभागिता रहने क्लबका अध्यक्ष पदम विलास पन्तले जानकारी दिनुभयो । पछिल्लो समय माडीमा पनि क्रिकेट क्रिकेट बढ्दै छ । माडीका युवा क्रिकेटरहरूको हौसला बढाउन केही समय पहिले पूर्व कप्तान पारस खड्का समेत माडी पुगेका थिए ।

खेल माडी वसन्तपुरको चौरमा हुने छ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button