तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा गाई, गोरु तस्करी गरी भारततर्फ पठाउने दुई जना पक्राउ 

सप्तरी । सप्तरीमा नेपालबाट गाई गोरु तस्करी गरी भारततर्फ पठाउने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका–६ बलुवाका १७ वर्षीय मो.अजमुदिन र २४ वर्षीय मो. फिरोज रहेका छन् ।
उनीहरूलाई बोदे बरसाइन नगरपालिका–५ जाँजरबाट नियन्त्रणमा लिइएको छ ।
दुवै जनालाई १० वटा गाई गोरु भारततर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बोदे बरसाइनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button