२०७९ साल असार १५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

६ सय ग्राम चरेससहित एक जना पक्राउ

राजेन्द्र बिक २०७७ माघ २६ गते १६:२३
बाजुरा  । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बाट ६ सय ग्राम चरेससहित एक जना युवा पक्राउ परेका छन्।
जिल्लाको गौमुल गाउँपालिका वडा न १ अम्लीस घर भएका बर्ष ३४ का राम बहादुर बोहरा चरेससहित रङ्गे हात पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले  सदरमुकाम मार्तडीमा रहेको गैरी बजारबाट चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताउनु भएको छ ।
बजारमा गएको प्रहरीको घुम्ती टोलीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा लिएको प्रहरी निरीक्षक नाथले बताउनुभयो ।

सम्बन्धित