तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा पहिलो चरणमा एक हजार दुई जनाले कोरोना विरुद्धको खोप लगाए

सल्यान। सल्यानमा पहिलो चरणमा एक हजार दुई जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन ।माघ १४ गते बुधबारबाट जिल्लामा खोप लगाउन सुरु भएकोमा पहिलो चरणमा ९ सय ६७ जनाले खोपको पहिलो डोज लगाएका हुन । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, नगरपालिकाका सफाई कर्मचारी, कैदीबन्दी, सुरक्षाकर्मी लगायतले पहिलो चरणमा खोप पाएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो  ।

उहाँका अनुसार स्वास्थ्य सेवा कार्यालयका अनुसार स्वास्थ्य सेवा कार्यालय सल्यानबाट ९ सय ७२ जनाले र चौरजहारी मिसन अस्पताल रुकुम पश्चिमबाट ३० जनाले गरी एक हजार २ जनाले खोप लगाएका छन । जिल्लामा कुल १ सय ९२ भाईल खोप आएको थियो ।पहिलो चरणको खोप कर्मचारी, कैदीबन्दी र सुरक्षाकर्मीलाई दिइएको उहाँको भनाई छ । अव दोस्रो चरणको खोप लगाउ भनेर निर्देशन आयो भने बचेको खोप लगाउने सुरु गरिने छ उहाँको भनाई छ ।

यसैविच खोपको पहिलो डोज पाएकाहरुलाई एक महिना पछि दोस्रो डोज दिईने स्वास्थ्य सेवा कार्यालयले सल्यानले जनाएको छ । जिल्लामा खोप लगाएका केहीमा सामान्य ज्वरो आउने, टाउको दुख्ने, शरिर दुख्ने लक्षण देखिए पनि बाँकीको अवस्था सामान्य रहेको बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button