तपाईँ सुन्दै हुनुहुन्छः

भागरथी भट्टलाई न्याय माग्दै अछाममा दीप प्रज्वलन

 

अछाम । बलात्कारपछि हत्या गरिएको भनिएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया किशोरी भागरथी भट्टलाई न्यायको माग गर्दै अछाममा दीप प्रज्वलन गरिएको छ ।

दीप प्रज्वलन गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दोषीलाई कारबाही तथा पीडितलाई न्यायको माग गरिएको हाे ।

साँफेबगर युवा क्लवद्वारा आइतबार साँझ अछामको साँफेबगरमा दीप प्रज्वलन गरी भट्टलाई श्रद्धाञ्जली दिएको साँफेबगर युवा क्लबका सल्लाहकार उमेश कुँवरले जानकारी दिनुभयो ।

गत बुधवार विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भट्ट बिहीबार स्थानीय लव लेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्।

उनको बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । घटना जहाँ भए पनि उक्त घटना मानवता विरोधी भएको र घटनाको भर्त्सना गर्दै न्यायको मागसहित मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको सल्लाहकार कुँवरको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button