तपाईँ सुन्दै हुनुहुन्छः

गुड्दै गरेको गाडीमा आगलागी

अछाम  । अछाममा गुड्दै गरेको गाडीमा आगो लागेको छ।  अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डिका मोटेना भन्ने ठाउँमा नापी विभागको बा २ झ १७१२ नम्बरको गाडीमा आगो लागेर नष्ट भएको हो ।

आइतबार बेलुका साढे ७ बजे तिर आगो लागेको इलाका प्रहरी कार्यालय बयालपाटाका प्रहरी प्रमुख रामसिंह कार्कीले बताउनुभयो ।

गाडी चौरपाटि गाउँपालिका बाट जिल्ला सदरमुकाम फर्कँदै गर्दा एक्कासी धुवा आएको र हेर्दा हेर्दै आगो लागेको गाडी चालकले बताएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button