तपाईँ सुन्दै हुनुहुन्छः

जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

पाल्पा। पाल्पामा जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्लाको रिब्दीकोट बस्ने दिपक नेपालीले स्थानीय १७ वर्षकी किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरुीले पक्राउ गरेको हो ।

गत शुक्रबार राति ११ बजेको समयमा १७ वर्षकी किशोरीलाई ती युवकले जबर्जस्ती करणी गरेको निबेदनका आधारमा आइतबार प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैंयाले जानकारी दिनुभयो ।
घटना बारे प्रहरीले थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button