तपाईँ सुन्दै हुनुहुन्छः

ए डिभिजन लिग फुटसलको व्यवस्थापन टर्नपाईक इभेन्ट्सले गर्ने

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा हुने ए डिभिजन फुटसल लिगको व्यवस्थापनको जिम्मेवारी टर्नपाईक इभेन्ट्सले गर्ने भएको छ ।

१० टिमको सहभागिता रहेको प्रतियोगिताका लागि छनोट चरणका खेलहरू हुनेछन् । प्रतियोगिताका लागि हरेक टिममा १० खेलाडी एक प्रशिक्षक र एक व्यवस्थापक अनिवार्य हुनुपर्नेछ ।

प्रतियोगिताका लागि छनोट चरणका खेलहरू प्रदेश एकमा इटहरी, प्रदेश दुईको हटौंडा, प्रदेश पाँच, ६ र सातको दाङ, प्रदेश तीनको काठमाडौँ र प्रदेश चारको पोखरामा हुनेछ ।

प्रदेश एक बाट दुई टिम, प्रदेश दुई, पाँच, ६ र सातबाट एक टिम, प्रदेश तीनबाट चार टिम छनोट हुनेछन् । यस्तै प्रदेश चारबाट दुई टिमको सहभागिता हुनेछ ।

छनोट भएर आएका १० टिमले प्रतियोगिता खेल्नेछन् । प्रतियोगिता पोखरामा वैशाख २५ देखि ज्येष्ठ १५ सम्म हुनेछ । यो प्रतियोगिता खेल्ने टिमलाई एन्फाले १ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताका लागि दर्ताको मिति माघ २५ गतेदेखि फागुन २५ गतेसम्मका लागि तय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button