तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो चरणको खोप अभियान फागुन १ गतेदेखि सुरु हुने 

काठमाडौँ । कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान फागुन १ गतेदेखि सुरु गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आजको प्रेस विफ्रिङमा स्वास्थ्य सेवा विभागका निर्देशक डा.तारानाथ पोखरेलले फागुन महिनाको १ गतेबाट स्वास्थ्य सेवा प्रदायक तथा सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई खोप लगाउन सुरु गरिने जानकारी दिनुभयो ।

डा. पोखरेलले पहिलो चरणको अभियानमा विभिन्न उमेर समूहका व्यक्तिहरूले खोप लिएकाले खोपको उपलब्धतासँगै चरणबद्ध रुपमा उमेर समूह अनुरूप खोप कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

पहिलो चरणमा मुख्य प्राथमिकतामा परेका १ लाख ८४ हजार ८ यस ५७ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, नेपालमा हालसम्म ९८ दशमलव ६ प्रतिशत कोरोना संक्रमित निको भइसकेका छन् ।

आज थप २ सय ६० जना निको भएसँगै हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६८ हजार ७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देशभर २ हजार २ सय ५१ वटा नमुनाको परिक्षण गर्दा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७१ हजार ९ सय २५  पुगेको छ ।

कोरोना संक्रमण कारण आज थप ३ जनाको मृत्यु भएसँगै सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २ हजार ३८ पुगेको छ ।

मुलुकभर रहेका १ हजार ८ सय १५ सक्रिय संक्रमित मध्ये ५६ जनाको आइसियु र ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button