तपाईँ सुन्दै हुनुहुन्छः

भरुवा बन्दुकसहित दुई जना पक्राउ 

डडेलधुरा  । डडेलधुरामा भरुवा बन्दुकसहित आज दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ८ स्थित जंगामाला सामुदायिक वनबाट सोही वडाका २८ वर्षीय विनोद मास्के राना मगर र २६ वर्षीय भीमबहादुर बोहरा पक्राउ परेका हुन ।
भरुवा बन्दुक भिरेर जङ्गलमा घुमिरहेको अवस्थामा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक महेन्द्र प्रसाद नेपालले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवैको साथबाट एक एक थान एकनाले भरुवा बन्दुक र फलामका २६ थान छर्रा सहित फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबैलाई कानुनी कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button