तपाईँ सुन्दै हुनुहुन्छः

हिरासतबाट फरार तीन जना थुनुवा पक्राउ

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतबाट शनिबार राति फरार भएका तीन जना थुनुवालाई पुन पक्राउ गरिएको छ ।

शनिबार राति २ बजेतिर हिरासतबाट भागेका तीन जनालाई आइतबार बिहानै प्रहरीले पक्राउ गरेको डिएसपी माधव प्रसाद काफ्लेले बताउनुभयो । उहाँका अनुसार हिरासतबाट फरार भएका तीन जनालाई चन्दननाथ नगरपालिका ९ बाट प्रहरीले पक्राउ गरेको हो ।

हिरासतबाटै फरार भएर पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका थुनुवा नितेश शाही, कर्तव्य ज्यान मुद्दाका थुनुवा यज्ञ सार्की र खगेन्द्र सुनार रहेका छन् ।  सुरक्षा व्यवस्थापन कडा हुँदा हुँदै पनि हिरासतबाटै कसरी फरार भए भन्ने विषय अनुसन्धानमै रहेको डिएसपी काफ्लेले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button