२०७९ साल असार १५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ४ सय परिवार रोजगार बन्दै 

कृष्ण साउद २०७७ माघ २५ गते १५:४८
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चार सय ७६ जनाले रोजगार पाउने भएका छन् । भीमदत्त नगरपालिकामा तीन वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा छ । यस वर्ष कार्यक्रमका लागि दुई करोड ४६ लाख बजेट आएको छ ।
नगरपालिकाले योजना छनौट गरी कार्यान्वयन चरणमा लगेको छ । यस वर्षका लागि छनौट गरिएका दुई दर्जन बढी योजनामध्ये तीन योजनाको काम अघि बढेको छ । अन्य योजना सुरु गर्नका लागि प्रक्रिया थालिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार प्रमुख केशव विष्टले यस चालु आर्थिक वर्षका लागि छनौट गरिएको कार्यक्रम सुरु गरिएको बताउनु भएको छ ।
रोजगार प्रमुख विष्टले कार्यक्रम अन्तर्गत कार्यक्रममा सहभागी हुने बासिन्दालाई दैनिक पाँच सय १७ रुपैयाँका दरले ज्याला दिइने बताउनु भएको छ । भीमदत्त नगरपालिकाका सबै १९ वडामा दुई हजार एक सय २८ जना बेरोजगार सूचीकृत गरिएका छन् । उनीहरूमध्ये यस वर्ष ४ सय ७६ जनालाई एक सय दिन रोजगार दिन लागिएको हो ।

सम्बन्धित