तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा पहिलो चरणमा करिब १५ सयले कोभिड-१९ विरुद्धको खोप लगाए

अछाम  । कोरोना भाईरस (कोभिड -१९) विरुद्धको पहिलो चरणको खोप अभियान अछाम जिल्लामा सकिएको छ ।
अछाम जिल्लामा करिब १५ सय जनालाई कोभिड -१९ विरुद्धको खोप लगाउँदै अभियान सकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिलो चरण अन्तर्गत अन्तिम दिन बयालपाटा अस्पतालमा १ सय ४० जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले बताउनुभयो ।

उहाँका अनुसार बयालपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारी, चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र साँफेबगर नगरपालिकाका छुट भएका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई कोभिड-१९  विरुद्धको खोप लगाइएको हो ।

अछाम जिल्लामा १ हजार ४ सय ९५ जनालाई कोभिड-१९ विरुद्धको खोप लगाइएको उहाँले बताउनुभयो ।

जुन लक्षित समूह अन्तर्गतको ७९.९ प्रतिशत हो । सुदूरपश्चिम प्रदेश भरी १४ हजार ८ सय ५५ जनाले खोप लगाएका छन् । माघ १८ गतेसम्म ५८ प्रतिशतले खोप लगाएका अछाममा २४ गतेसम्म करिब ८० प्रतिशतले खोप लगाएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button