२०७९ साल असार १२ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वऊर्जामन्त्री पुनद्वारा तनहुँ जलविद्युत् आयोजना निरीक्षण

रेडियो नेपाल २०७७ माघ २५ गते ७:४८

दमौली- पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको शनिबार निरीक्षण गर्नुभएको छ । पार्टीको कार्यक्रममा सहभागी हुन दमौली आउनुभएका पुनले आयोजनाको निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे चासो व्यक्त गर्नुभएको हो ।

आफ्नो कार्यकालमा तनहुँ जलविद्युत् आयोजनालाई प्राथमिकता दिएको बताउँदै पूर्वमन्त्री पुनले तोकिएकै समयमा आयोजनाको काम सम्पन्न गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

सो अवसरमा आयोजना प्रमुख अच्युत घिमिरेले पूर्वमन्त्री पुनलाई आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी गराउनुभएको थियो । आयोजनाको प्याकेज दुईअन्तर्गत सिनो हाइड्रो कम्पनीले यतिबेला काम गरिरहेको छ । सिनो हाइड्रोले विद्युत्गृह, मुख्य प्रवेश सुरुङ, सर्ज ट्याङ्क जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारी राखेको छ ।

प्याकेज दुईअन्तर्गत सिनोले क्याम्प, ब्याचिङ तथा क्रसिङ प्लाण्ट, ल्याब, क्लिनिक, स्टोर, उपकरणकक्ष आदि पूर्वाधारको स्थापना, केबल सुरुङ, विद्युत्गृहको पाइलट सुरुङ, पहुँच सडक खन्ने कार्य सम्पन्न गरेको छ । प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि केइसी इन्टरनेशनलले काम गरिरहेको छ ।

आयोजनाको प्याकेज दुईअन्तर्गत करिब रु एक अर्ब खर्च भएको छ । त्यस्तै प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रु तीन करोड खर्च भएको छ । आयोजनाले प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रक्रियालाई समेत अगाडि बढाइसकेको छ । टावर राख्नका लागि ५३ व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ ।

प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुखहरु कटान हुनेछन् । तनहँुतर्फ ३० हेक्टर वन क्षेत्रको रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ । दमौलीबाट भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालु आर्थिक वर्षमा प्रसारण लाइनका लागि ३० टावर निर्माण गरिनेछ ।

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८।९० मेगावाट र वर्षायाममा ३२३।६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत० रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर व्योहोर्ने छ ।

आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन

तनहुँमा आन्तरिक पर्यटन पुनरूथान समिति गठन भएको छ । समितिको अध्यक्षमा विकास खनाल सर्वसम्मत चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा विपिन प्रधान, सचिवमा किशन प्रधान, कोषाध्यक्षमा फूलमति थापा र सदस्यहरुमा रामचन्द्र खड्का, सुजन अधिकारी, सुजन श्रेष्ठ, अरूण श्रेष्ठ र सङ्गीता प्रधान चयन हुनुभएको छ ।

आन्तरिक पर्यटन पुनरूथान समिति ९गण्डकी प्रदेश० का संयोजक अग्नि कँडेल, सहसंयोजक सञ्जयकान्त सिग्देल तथा सदस्यसचिव विमल कँडेलको उपस्थितिमा समिति गठन गरिएको हो । कार्यक्रममा संयोजक कँडेलले तनहुँ जिल्लामा आन्तरिक पर्यटनसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरी कोभिड–१९ बाट प्रभावित भएको पर्यटनलाई गतिशील बनाउनका लागि समिति गठन गरिएको बताउनुभयो ।

निर्वाचित अध्यक्ष खनालले सबै स्थानीय तह, पर्यटन सङ्घसंस्थालगायतसँग समन्वय गरी आन्तरिक पर्यटनलाई माथि उकास्न पहल गरिने बताउनुभयो । यसैबीच समितिको पहिलो बैठकले तीन जनालाई सल्लाहकारमा चयन गरेको छ । तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ, तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बैकुण्ठनाथ मिश्र र बन्दीपुर होटल व्यवसायी वैश गुरुङ सल्लाहकारमा चयन हुनुभएको छ ।

लक्ष्यभन्दा १०९ प्रतिशत बढीलाई कोभिड खोप

तनहुँमा लक्ष्यभन्दा १०९ प्रतिशत बढीले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार शनिबारसम्म एक हजार ८३० जनाले कोभिडविरुद्धको खोप लगाएका हुन् । कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले एक हजार ६४ महिला र ७६६ पुरुषले कोभिड खोप लगाएको जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियानको ११औँ र अन्तिम दिन शनिबार ४७ महिला र २१ पुरुष गरी ६८ जनालाई खोप लगाइएको छ । जिल्लामा एक हजार ६७९ लाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य थियो ।

यसअवधिमा ६७७ स्वास्थ्यकर्मी, २३८ स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, ३३० महिला स्वास्थ्य स्वयंसेविका, २७ सरसफाइकर्मी, १६ एम्बुलेन्स तथा शववाहन चालक, आठ शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, २५५ वृद्धाश्रममा रहेका व्यक्ति र २७९ जेलमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीलाई खोप लगाइएको छ । “खोप लगाएकालाई सामान्यबाहेक अन्य जटिल लक्षण देखिएको छैन”, अधिकारीले भन्नुभयो । उहाँका अनुसार खोप लगाएकालाई पुनः चार हप्तापछि अर्को खोप दिइनेछ ।

कार्यालयका अनुसार व्यास नगरपालिकाका ६४३, म्याग्दे गाउँपालिकाका ६४, ऋषिङ गाउँपालिकाका ६७, शुक्लागण्डकी नगरपालिकाका १८८, भीमाद नगरपालिकाका १२७, घिरिङ गाउँपालिकाका ६०, भानु नगरपालिकाका १३६, बन्दीपुर गाउँपालिकाका १२४, आँबुखैरेनी गाउँपालिकाका ८७ र देवघाट गाउँपालिकाका ३३४ लाई खोप लगाइएको छ ।

गण्डकीमा १८ हजार ४७२ लाई खोप

गण्डकी प्रदेशमा १८ हजार ४७२ लाई खोप लगाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १७ हजार १९५ लाई खोप लगाउने लक्ष्य भए पनि लक्ष्यभन्दा बढीलाई खोप लगाइएको छ ।

स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माका अनुसार कास्कीमा सात हजार १३३, गोरखामा एक हजार ५५९, नवलपुरमा ९६०, पर्वतमा एक हजार ३०, बागलुङमा एक हजार ७२९, मनाङमा १६१, मुस्ताङमा २२६, म्याग्दीमा ८९४, लमजुङमा एक हजार ४५० र स्याङ्जामा एक हजार ४९६ लाई खोप लगाइएको छ ।

सम्बन्धित