तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटक भित्र्याउन खुकुलो खालको नयाँ रणनीति तयार भइसक्यो : मन्त्री ढकाल

कास्की – पर्यटन मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्याका समाधानका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

पोखरास्थित हिमालयन गल्फ कोर्समा भएको आमन्त्रण एनसेल बाह्रखरी गल्फ प्रतियोगितामा बोल्दै मन्त्री ढकालले पोखरा सुरक्षित र खुल्ला छ भन्ने सन्देश दिन सफल भएको उल्लेख गर्दै उहाँले कोरोना भाइरसको कारण थला परेको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको बताउनुभयो ।

मन्त्री ढकालले सरकारले सहजरुपमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन खुकुलो खालको नयाँ रणनीति तयार गरेको बताउँदै यसका लागि सवै क्षेत्रको साथ र सहयोग आवश्यक रहनेछ भन्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले यस्ता प्रतियोगताले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रदेशमा हुने खेलकूद गतिविधिलाई प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । प्रदेश सरकारको पहिलो प्राथमिकता पर्यटन रहेको छ ।

पोख्रेली पर्यटन व्यवसायी पर्यटनको स्वागतका लागि तयार रहेको उल्लेख गर्दै उहाँले आगामी गल्फ प्रतियोगिता हिमाल पारिको जिल्ला मुस्ताङमा गर्न आयोजकलाई अनुरोध गर्नुभयो ।

मुख्यमन्त्री गुरुङले प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनको सम्भावनालाई उत्कृष्ट बनाउन सफल भएको बताउँदै गल्फको आयोजना गरेको बाह्रखरी मिडियाले पोखराको पर्यटनमा नयाँ आयाम थपेको धारणा राख्नुभयो ।

एनसेल बाह्रखरी गल्फको उपाधि पूर्वसचिव कार्कीलाई
पोखरास्थित हिमालयन गल्फ कोर्समा भएको आमन्त्रण एनसेल बाह्रखरी गल्फ प्रतियोगिता आज सम्पन्न भएको छ ।

प्रतियोगिताका विजयी खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ लगायतले उपाधिसहित ट्रफी वितरण गर्नुभयो ।

प्रतियोगिताको उपाधि नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीले हात पार्नुभएको छ । उहाँले ३५ स्कोर गर्दै सुनको बलसहित ट्रफी हात पार्न सफल हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी भारतीय खेलाडी रवीन्दर साइनी, एआईजी हरिबहादुर पाल र वसन्त गौचनले ३३ स्कोर गर्नुभएको थियो ।

तीन जनामध्ये साइनीले काउन्ट ब्याकमा उपविजेताको ट्रफी हात पार्नुभयो । उपविजेताको उपाधि हात पार्न साइनीले दोस्रो हाफमा १९ स्कोर गर्नुभयो । जहाँ पालले १७ र गौचनले १५ स्कोर गरेका थिए ।

प्रतियोगितामा बेस्ट ग्रसको उपाधि सुरेन्द्र फुयाँलले हात पार्नुभयो । जसका लागि उहाँले २८ ग्रस पोइन्ट हासिल गरेका थिए । महिलातर्फको प्रतिस्पर्दामा रेखा घिमिरे २३ अङ्क प्राप्त गर्दै विजयी बन्नुभएको थियो ।

जसमा पोर्जुगलका खेलाडी सोफी ह्यामनले १८ स्कोर गरेर दोस्रो भइन् । ६० वर्षमाथिका खेलाडीको प्रतिस्पर्धामा टेन्डी शेर्पा ३० अङ्कका साथ वियजी हुनु भएको थियो ।

पोखराका खेलाडी रमेश गुरुङले तीनवटा बडिज प्रहार गर्दै मोस्ट बडीजतर्पmको उपाधि हात पार्नुभएको थियो भने क्याप्टेन नोर्बु छिरिङ शेर्पाले लङ्गेस्ट ड्रइभको उपाधि जिप्नु भएको थियो ।

चौथो होलमा राखिएको होल इन वान कारको उपहार प्राप्त गर्न प्रतियोगितामा सहभागी ७४ खेलाडी सफल हुन नसकेको सो प्रतियोगितामा क्लोजेस्ट टु द पिनको उपाधि पोखराका खेलाडी बलराम थापाले हात पार्न सफल हुनुभयो ।

चौथो होलमा राखिएको होल इन वान कारको उपहार प्राप्त गर्न प्रतियोगिताका ७४ खेलाडी सफल हुन सकेनन् । तर पनि क्लोजेस्ट टु द पिनको उपाधि पोखराका खेलाडी बलराम थापाले हात पारे । उनी होल इन गर्न ६ इञ्चको दूरी मात्र थियो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ग, बाह्रखरी मिडियाका अध्यक्ष प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेन्द्र आचार्यलगायतले गल्फ खेलको महत्व एवं पर्यटन क्षेत्रमा पु¥याउने योगदानका बारेमा चर्चा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button