तपाईँ सुन्दै हुनुहुन्छः

दुहबीमा जारी मेयर कप फुटबल: वडा नम्बर ४ सेमिफाइनलमा

सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको शनिवार भएको अन्तिम क्वाटर फाइनल खेलमा दुहबी वडा नम्बर ४ ले दुहबी वडा नम्बर ९ लाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको २७ औँ मिनेटमा दुहबी वडा नम्बर ४ का खेलाडी श्रवण ऋषिदेवले १ गोल गर्दे आफ्नो भिमलाइ अग्रता दिलाएका थिए ।

खेलको ८३ औँ मिनेटमा दुहबी वडा नम्बर ४ कै खेलाडी पूर्ण लिम्बुले १ गोल गर्दै विजय सुनिश्चित गरे । दुहबी वडा नम्बर ४ का खेलाडी श्रवण ऋषिदेव खेलको म्यान अफदम्याच घोषित भए । ऋषिदेवलाई दुहबी वडा ९ का वडाध्यक्ष मेहन्दी हुसैनल नगद २ हजार तथा मेडल प्रदान गरेका थिए ।

आइतबारको पहिलो सेमिफाइनल खेल दुहबी वडा नम्बर ६ र दुहबी वडा नम्बर ७ का बिच हुने तथा फाइनल खेल माघ २८ गते हुने आयोजक दुहबी नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने वडाले उपाधिसहित १ लाख १ हजार नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले ५१ हजार नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button