तपाईँ सुन्दै हुनुहुन्छः

वि.सं.२१०० सम्ममा देशलाई उच्च आय स्तरको मुलुकमा रूपान्तर गर्ने सरकारको सोच

काठमाडौँ । सरकारले वि.सं.२१०० सम्ममा नेपाललाई उच्च आय स्तरको विकसित मुलुकमा रूपान्तरण गर्ने नेपालको दीर्घकालीन विकासको सोचको अघि सारेको छ ।

योजना आयोगको हालै सम्पन्न पूर्ण बैठकले विसं २१०० सम्ममा नेपालको प्रति व्यक्ति आय बढाएर १२ हजार १ सय अमेरिकी डलरमा पुर्‍याउने गरी दीर्घकालीन सोचसहितको मार्गचित्र अघि सारेको हो ।

दीर्घकालीन सोचले नेपाललाई वि.सं २०७९ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति गरी प्रतिव्यक्ति आय १४ सय अमेरिकी डलर पुर्‍याउने गरी मुलुकले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन लक्ष्य, उद्देश्य र सूचकहरू हासिल गर्न तीन चरण गरी लक्ष्य प्राप्त गर्ने अवधारण अघि सारेको हो ।

जसमध्ये पहिलो पन्ध्रौँ योजनाको अवधिमा समृद्धि र सुखको आधार निर्माण (गर्ने गर्ने, दोस्रो सोह्रौँ र सत्रौँ योजना अवधिमा समृद्धि र सुखको तीव्रता र यही अवधिमा दिगो विकास लक्ष्य प्राप्ति गर्ने र तेस्रो अठारौँ र उन्नाइसौँ योजना अवधिमा समृद्धि र सुखको दिगोपना हासिल गर्ने कुरा अवधारणापत्रले अगाडी सारेको छ ।

अवधारणाले कृषि, उद्योग र सेवाको क्षेत्रलाई परिष्कृत र आधुनिकीकरण गर्दै अर्थतन्त्रको संरचनात्मक रूपान्तरण गर्ने दीर्घकालीन सोचको प्राप्तिका लागि दश वटा राष्ट्रिय लक्ष्य अघि सारेको छ ।

त्यस्ता लक्ष्यमध्ये समृद्ध नेपालतर्फ चार वटा र सुखी नेपालीतर्फ छ वटा रहेका छन् ।

जसमध्ये समृद्धितर्फ उच्च र समतामूलक राष्ट्रिय आय, मानव पुँजी निर्माण तथा सम्भावनाको पुर्णउपयोग, सर्वसुलभ आधुनिक पूर्वाधार एवं सघन अन्तरआवद्धता एवं उच्च र दिगो उत्पादन तथा उत्पादकत्व रहेका छन् । त्यसै गरी सुखतर्फ परिष्कृत तथा मर्यादित जीवन, सुरक्षित, सभ्य र न्यायपूर्ण समाज निर्माण लगायत निर्धारण गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button