तपाईँ सुन्दै हुनुहुन्छः

बिद्यार्थीलाई न्यानो कपडा बितरण

भोजपुर । भोजपुर सदरमुकामबाट पूर्वमा रहेको पौवादुङमा गाउँपालिकाले आफनो क्षेत्र भित्र रहेका तीन हजार पाँच सय बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेको छ ।

गाउँपालिकाले न्यानो कपडासहित बाल कक्षादेखि तीन कक्षासम्मका बिद्यार्थीलाई कपी कलम, झोला समेत बितरण गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।

अध्यक्ष राईले भन्नुभयो, “चिसो मौसमका कारण पठन पाठनमा बिद्यार्थीहरुलाई सहजता दिनका लागि गाउँपालिकाले आफनो क्षेत्र भित्र रहेका ३३ वटा सामुदायिक बिद्यालयका करिव ३ हजार ५ सय बिद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको हो ।” यस्ताखालका कार्यक्रमले विद्यालयलाई नियमित विद्यालय आउने वातावरण समेत तयार हुने गाउँपालिका अध्यक्ष राईको भनाई रहेको छ ।

गाउँपालिकाले गत वर्षमा पनि ८ वटा विद्यालयमा न्यानो कपडा तथा विद्यार्थीहरुको लागि दिवा खाजा व्यवस्था गरेको थियो ।
गाउँपालिकाले आफनो नीति तथा कार्यक्रम अनुसार बिद्यालयमा यी कार्यक्रमको थालनी गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button