तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा राउटे नागरिकलाई प्रशासनको राहत 

जुम्ला । मुगुको रारा ताल हुँदै जुम्ला घुम्न पुग्नुभएका तीन जना राउटेलाई जुम्ला प्रशासनले खाद्यान्न सहयोग गरेको छ । तीनै जनालाई जिरा मसिनो चामल १–१ बोराका साथै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले व्यक्तिगत खाजा खर्च ५–५ सय नगद दिनुभएको छ ।

विभिन्न जिल्ला पुगेर नगद तथा खाद्यान्न राहत जुटाउने, घुम्ने क्रममै राउटे समुदायका तीन जना सुर्खेतबाट जुम्ला पुग्नुभएको थियो । जुम्ला पुगेर प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापासँग भेटघाट गरी राहत लिएर उहाँहरू फर्किनुभएको हो ।

प्रजिअ थापामा अनुसार गाडी भाडा, खाद्यान्न गरी करिब ७–८ हजारको राहत दिइएको छ । भेटका अवसरमा राउटे नागरिकले आफ्नै हातले तयार गरेका रोटी बनाउने बेलना प्रजिअ थापालाई उपहार स्वरूप दिनुभएको थियो । प्रजिअ थापाले बेलना बनाउने, ठेकी बनाउने पेशालाई व्यवसायीकरण गर्न सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button