तपाईँ सुन्दै हुनुहुन्छः

दुम्किबासबाट लागू औषधसहित चार जना पक्राउ 

कावासोती । पूर्वी नवलपरासीको दुम्किबासबाट प्रहरीले लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ ।

शनिबार बिहान इलाका प्रहरी कार्यालय दुम्किबासले गरेको प्रहरी चेकिङको क्रममा कास्की जिल्लाका तीन जना र पश्चिम नवलपरासी जिल्लाको एक जनालाई पक्राउ गरेको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१ख ९२७३ नम्बरको यात्रु बाहक बसमा सवार कास्की जिल्ला पोखरा महानगरपालिका १२ बस्ने वर्ष १८ का निशान गुरुङ , पोखरा महानगरपालिका १० बस्ने वर्ष १८ का शसान्त थोकर र पोखरा महानगरपालिका ९ बस्ने वर्ष १८ का मनिस मगरलाई प्रहरीले डाइजापम ४९ एम्पुल, नोफिन ४९ एम्पुल र फेनारगन ४९ एम्पुल गरी १ सय ४७ एम्पुल लागू औषध सहित पक्राउ गरेको हो ।

त्यस्तै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ८७५९ नम्बरको यात्रु बाहक बसमा सवार नवलपरासी (पश्चिम) जिल्ला रामग्राम नगरपालिका १५ बस्ने वर्ष २० का इजहार मियाको साथबाट प्रहरीले ओनोरेक्स १४ सिसी, ओनारेक्स २६ सिसि, स्पास्मो ८ ट्याप्लेट र नाईट्रोभेट २४ ट्याब्लेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button