तपाईँ सुन्दै हुनुहुन्छः

बुटवल औद्योगिक क्षेत्रको अध्यक्षमा भट्टराई निर्विरोध निर्वाचित

रुपन्देही । बुटवल औद्योगिक क्षेत्र उद्योग संघको अध्यक्षमा पुनः हिरामणी भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ ।

संघको उपाध्यक्षमा उपेन्द्र अग्रवाल, महासचिवमा नेत्रनारायण भण्डारी, कोषाध्यक्षमा प्रज्ज्वल थान्जु र सचिवमा कमला ज्ञवाली निर्विरोध निर्वाचित हुनुभएको हो ।

सदस्यहरुमा सुमन बस्याल, यादव भण्डारी, रामप्रसाद खनाल, कौशलराज भण्डारी निर्वाचित हुनुभएको संघले जनाएको छ ।

वि.सं २०३२ सालमा यहाँ औद्योगिक क्षेत्र स्थापना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button