तपाईँ सुन्दै हुनुहुन्छः

बम आक्रमणहरुमा एक प्रहरी अधिकारी मारिनुको साथै छ घाइते

काबुल। अफगानिस्तानको राजधानी काबुलमा छुट्टा छुट्टै इलाकामा भएको दुई ओटा बम आक्रमणमा परी एक प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य छ जना सर्वसधारण घाइते भएका प्रहरी स्रोतले प्रष्ट पारेको छ ।

स्थानीय जिल्लाको खिरखाना पुलिसचौकीनजिकै ट्रकमा रहेको बम विस्फोटमा परी एक प्रहरीको मृत्यु भएको छ । यस विस्फोटमा परी एक गाडी र अन्य थुप्रै पसलहरू ध्वस्त भएका पनि प्रहरी स्रोतले जनााइएको छ ।

शनिबार नै शोरबाजार इलाकामा भएको बम विस्फोटमा परी छ जना सर्वसाधारण नागरिक घाइते भएका काबुल प्रहरीका प्रवक्ता फरदस फरमर्जले बताउनु भएको छ । यस आक्रमणहरुको कुृनै पनि समूहले जिम्मा भने लिएको छैन् ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button