तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र

वाग्मती। मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन न्यून हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्राप्त जानकारीअनुसार मकवानपुरमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र रहेको बताइएको छ ।

मकवानपुरमा कोरोना पुष्टि भएका तीन हजार ८७५ मध्ये तीन हजार ८३३ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भइसकेका छन् । सङ्क्रमित सबै हेटाँैडाका रहेको र होम आइसोलेशनमा उपचारतमा बसेको सो कार्यालयले जनाएको छ ।

कारोना सङ्क्रमण शुरु भएको ११ महिनामा मकवानपुरमा हालसम्म कोरोना सङ्क्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ । साथै एक हजार २१९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको बताइएको छ । उक्त कार्यालयका अनुसार यही माघ १४ गतेदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानको आठाँै दिनसम्ममा एक हजार २१९ जनाले सो खोप लगाएको हो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button