तपाईँ सुन्दै हुनुहुन्छः

चीनले नेपाललाई ५ लाख डोज कोभिड खोप दिने

काठमाडौं । चीनले नेपाललाई ५ लाख डोज कोभिड खोप प्रदान गर्ने भएको छ। शुक्रबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच भएको टेलिफोन वार्ताका क्रममा चिनियाँ मन्त्री तथा स्टेट काउन्सिलर वाङले सो सहयोगको घोषणा गर्नुभएको हो ।

यसअघिचीनले नेपाललाई ३ लाख डोज खोप दिने घोषणा गरेको थियो । परराष्ट्रमन्त्रीको संवादसँगै चीनले सो परिमाणलाई बढाएर पाँच लाख डोज खोप नेपाललाई अनुदानमै प्रदान गर्न लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवालीसँगको कुराकानीमा वाङले खोप सहयोगका विषयमा चीनले नेपाललाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

‘दुई मन्त्रीबीचको टेलिफोन कुराकानीमा आपसी हितका विषयहरुमा छलफल भएको परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार बेलुका जारी विज्ञप्तिमा बताइएको छ।

यसअघि भारतले नेपाललाई १० लाख डोज कोभिड खोप प्रदान गरिसकेको छ । भारतबाट अनुदानमा प्राप्त खोप नेपालमा स्वास्थ्यकर्मीलगायतलाई लगाइरहीएको छ ।

अहिलेसम्म नेपालमा १ लाख ७१ हजारभन्दा बढिले कोभिड खोपको पहिलो डोज लगाइसक्नुभएको छ ।

त्यसैगरी, विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गत पनि नेपालले साढे २२ लाख डोज खोप प्राप्त गर्दै छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button