तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा भ्यान दुर्घटना : ९ घाइते

पाल्पा । पाल्पाको रामपुर नगरपालिका ८ मा शुक्रवार साँझ भ्यान दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । बेझाँड बजारबाट रामपुर १० को बर्दलेतर्फ जाँदै गरेको लु १ ज ४३८३ नम्बरको भ्यान साँझ ७ बजे कालीगण्डकी कोरिडोर अन्तर्गत कुमराङ्गमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटना परि घाइते हुनेहरूमा रामपुर नगरपालिका ८ का ३० वर्षीय वसन्त थापा पुलामी, रामपुर नगरपालिका १० का २२ वर्षीय भुमीसरा सारु, रामपुर नगरपालिका ८ का ३५ वर्षीय विना भन्ने सुकमायाँ हिताङ्ग, रामपुर १० का २८ वर्षीय मन कुमारी राना, रामपुर १० का देव बहादुर आलेको छोरी ९ वर्षीय प्रिङ्का आले, रामपुर १० का ३२ वर्षीय निरमायाँ आले, रामपुर १० का ४७ वर्षीय कमला गाहा, रामपुर १० का ४३ वर्षीय टोपलीसरा पचभैया र चालक रामपुर ४ सदावर्त बस्ने ४३ वर्षीय सुर्य बहादुर कुमाल घाइते रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

मादक पदार्थ सेवन गरी भ्यान चलाएका चालकको लापरबाहीले भ्यान अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ । भ्यान झन्डै २ सय मिटर तल पुगेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button