तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा गोल्डकपको उपाधि आयोजक विजय यूथ क्लबलाई

मकवानपुर । हेटौँडामा सम्पन्न पहिलो संस्करणको भिडोल हेटौँडा गोल्डकपको उपाधि आयोजक विजय यूथ क्लबले कब्जा गरेको छ । शुक्रवार सम्पन्न फाइनल खेलामा सेन्ट्रल कलेज बीएफसी, भरतपुरलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

हेटौँडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलामा बीएफसीका जर्सी नम्बर १४ का रञ्जित आलेमगरले खेलको ५७ मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । तर, खेलको ६० औँ मिनेटमा विजय यूथका लागि सन्त गुरुङले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । यसैगरि खेलमा ६६ औँ मिनेटमा विजय यूथले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै विजय यूथका रूपक केसीले टिमलाई उपाधि दिलाए । खेलमा विजयी यूथका शन्त गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

उपाधि हात पारेको विजय यूथले नगद ३ लाख नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो भने उपविजेता भरतपुरले १ लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु पर्‍यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजयी यूथका रुपेश केसी घोषित भएका थिए । प्रतियोगितामा विजय यूथका उत्कृष्ट गोलरक्षक अशोक बराल, डिफेन्डर सुरज विष्ट, मिडफिल्डर विश्व अधिकारी, फरवार्ड विमल राना घोषित भएका थिए ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता भने सेन्ट्रल कलेज विएसी, भरतपुरका जोनोस ग्वोरी भएका थिए । उनले प्रतियोगिता भर ५ गोल गरेका थिए । उनीहरू सबैले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button