२०७९ साल असार १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘आर्थिक पुनरुत्थान हासिल गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक’

रेडियो नेपाल २०७७ माघ २३ गते १८:४३

file photo

काठमाडौँ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएको चुनौतीको सामना गर्दै समावेशी र दिगो आर्थिक पुनरुत्थान हासिल गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

Alliance for Financial Inclusion (AFI) द्वारा आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्नुहुँदै AFI सञ्चालक समितिको सदस्य समेत रहनुभएका गभर्नर अधिकारीले कसैको एक्लो प्रयासबाट मात्रै यो महामारीले निम्त्याएको सङ्कटलाई सम्बोधन गर्न सम्भव नभएकोले समावेशी र दिगो आर्थिक पुनरुत्थानको निम्ति सरोकारवाला सबै पक्षको पहल आवश्यक रहेकोमा जोड दिनुभयो ।

बैठकमा गभर्नर अधिकारीले नेपालको पर्यटनसँगै लघु, साना र मझौला उद्यम–व्यवसाय बढी प्रभावित भएको उल्लेख गर्नुभयो । यसलाई सम्बोधन गर्न नियामक निकायको हैसियतमा नेपाल राष्ट्र बैङ्कले सहजीकरणको निम्ति विभिन्न नीतिगत व्यवस्था अवलम्बन गरेको जानकारी गभर्नर अधिकारीले दिनुभयो ।

कोभिडबाट प्रभावित व्यवसायलाई राहत स्वरूप बैङ्क तथा वित्तीय संस्थामार्फत् पुनर्कर्जा सुविधा उपलब्ध गराइएको र सो अवधिमा विद्युतीय माध्यममार्फत् हुने भुक्तानी कारोबारलाई प्रवर्द्धन गरिएको उहाँले उल्लेख गर्नुभयो ।

सो अवसरमा AFI का कार्यकारी निर्देशक Dr. Alfred Hannig n] ‘Financial Inclusion Policy Lessons Emerging from the Pandemic’ विषयमा आफ्नो मन्तव्य राख्नुभयो । बैठकमा AFI का सदस्य रहेका केन्द्रीय बैङ्कका गभर्नर र उच्च अधिकारीहरूसहित ३३ जनाको सहभागिता थियो ।

सम्बन्धित