तपाईँ सुन्दै हुनुहुन्छः

सात थान भरुवा बन्दुकसहित ९ जना पक्राउ

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जले सात थान भरुवा बन्दुकसहित ९ जनालाई पक्राउ गरेको छ । निकुञ्जले सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर २ र ३ बाट ९ जनालाई पक्राउ गरेको जनाएको छ ।

सिसी क्यामेरामा बन्दुक बोकेर आउने जाने गरेको दृश्य देखिएपछि उनीहरूलाई पक्राउ गरिएको बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार शाहले बताउनुभयो । उनीहरू जङ्गली जनावरको चोरी शिकारीमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् । निकुञ्जले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भीमबहादुर खनाल, देवप्रसाद थापा, धनबहादुर डाँगी, तिलक डाँगी, टेकबहादुर कुँवर, कृष्ण थापा, शोकबहादुर खत्री, कुमार थापा र रत्नलाल मगर रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button