तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखद्वारा सर्वाेच्चमा रिट दायर

काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा भएको नियुक्ति बदरको गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

सभामुख सापकोटाले रिटमा संसदीय सुनुवाई नगरी अख्तियार लगायतका संवैधानिक निकायमा नियुक्ति गरिएको भन्दै बदर गर्न माग गरिएको छ ।रिटमा राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक परिषद्का सचिव रहने मुख्य सचिव लगायतलाई विपक्षी बनाइएको छ ।

सभामुख सापकोटाको रिटको पेशी आइतबारका लागि तोकिएको छ ।संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई संसदीय सुनुवाइ बिना बुधबार शीतल निवासमा शपथ गराइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button