तपाईँ सुन्दै हुनुहुन्छः

संविधान, कानुन र विधि प्रक्रिया अनुसार अघि बढ्छु : सभामुख सापकोटा

No description available.
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले देश र जनताको हितमा संविधानले दिएका अधिकार प्रयोग गर्दै कानुन, विधि र प्रक्रिया अनुसार आफू अगाडी बढ्ने बताउनु भएको छ ।
सङ्घीय संसद् सचिवालय सिंहदरबारमा आज पत्रकार सम्मेलनको आयोजना गरी सभामुख सापकोटाले संविधानको रक्षार्थ आफू सर्वोच्च अदालत गएको बताउनुभयो ।
No description available.
उहाँले लगातार संविधान उल्लङ्घनको घटना भइरहेकाले संवैधानिक व्यवस्था अनुरूप आफूले त्यसको रक्षाका लागि अदालतसम्म जानु परेको र अदालतले न्याय दिनेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो ।
सभामुख सापकोटाले सबैको सल्लाह लिएर संविधानको रक्षाका लागि आफूले निर्णय लिने समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button