तपाईँ सुन्दै हुनुहुन्छः

बागेश्वरी मन्दिरबाट ‘टुर दि ठाकुरद्वारा’ को तेस्रो संस्करण शुरु

नेपालगञ्ज। बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले ‘टुर दि ठाकुरद्वारा’ को तेस्रो संस्करण नेपालगञ्जको बागेश्वरी मन्दिरबाट शुरु भएको छ ।

‘टुर दि ठाकुरद्वारा’को तेस्रो संस्करणको पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा र नाटाका केन्द्रिय अध्यक्ष अच्यूत गुरागाईले उद्घाटन गर्नुभयो । विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा १ सय ५० जना साइकल यात्री सहभागी भएको नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष गगन थापाले बताउनुभयो ।

नेपालगञ्ज बजारको परिक्रमापछि जानकी, खजुरा गाउँपालिका हुँदै बर्दियाको बढैयाताल, गुलरिया, डल्ला होमस्टे भएर ठाकुरद्वारा पुग्ने कार्यक्रम रहेको संयोजक सतिश निरौलाले जानकारी दिनुभयो । निरौलाका अनुसार भोलि विहान ठाकुरबाबा मन्दिरको दर्शन, बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, कोठियाघाटस्थित नेपालकै लामो पुल घुमेर साँझ थारु सांस्कृतिक कार्यक्रम गरिनेछ ।

२५ गते बबई हुँदै सत्खलुवा तालको अवलोकन गर्दै बाँसगढी नगरपालिकामा रहेको ओम केदारेश्वर धाममा पुगेर ‘टुर दि ठाकुरद्वारा’ समापन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button