तपाईँ सुन्दै हुनुहुन्छः

छतबाट खसेर मृत्यु

मकवानपुर। मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टी प्यालेसको छतबाट खसेर आज बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ६ः१५ बजे पार्टी प्यालेसको पाँचौँ तलबाट खस्दा गम्भीर घाइते भएका यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यादव क्विक–२० पार्टी प्यालेसमा सरसफाइको काम गर्दै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button