तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका पत्रकार गिरी माथि माधव–प्रचण्ड समूह समूहद्वारा कुटपिट : घटनाको चौतर्फी विरोध  

पत्रकार मदनराज गिरी
कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्दोलनरत समूहले बिहीबार देशभर गरेको आमहड्तालका कारण बीच बाटोमै अलपत्र परेका यात्रुहरूसँग कुरा गरिरहेका कञ्चनपुरका पत्रकार मदनराज गिरी माथि कुटपिट गरेको छ ।
भारतबाट मजदुरी गरी घर फर्किने क्रममा आमहड्तालका कारण कञ्चनपुरको महेन्द्रनगर बसपार्कमा अलपत्र परेका व्यक्तिहरूको सम्बन्धमा समाचार सङ्कलन गर्ने क्रममा पूर्वमन्त्री उर्वादत्त पन्त, पूर्वउपमेयर ईश्वरी प्रसाद खरेलसहित नेकपाको आन्दोलनरत समूहले पत्रकार गिरी माथि बिहीबार दिउँसो कुटपिट गरेको हो ।
नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखा, प्रदेश समिति र केन्द्रीय समिति लगायत विभिन्न संघसंगठन तथा शुभेच्छुकहरूले कञ्चनपुरका पत्रकार गिरी माथि भएको दुर्व्यवहार र कुटपिट प्रति ध्यानाकर्षण भएको जनाउँदै घटनाको घोर भर्त्सना गरी दोषी माथि कडा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button