तपाईँ सुन्दै हुनुहुन्छः

कम्युनिष्ट विरोधीहरु कम्युनिष्टकै बर्को बोकेर बाटोमा बसेका छन :प्रधानमन्त्री ओली

 

काठमाडौं  ।   प्रधानमन्त्री  तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकारलाई काम गर्न नदिने केही व्यक्ति पार्टी छोडेर जादैमा आत्तिनुनपर्ने बताउनुभएको छ ।

काठमाडौंमा किसान महासंघको भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले  कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी नेकपा पूमा समूह भएको बताउँदै उनीहरुले पार्टी छोडेर केही फरक नपर्ने बताउनुभयो ।

‘कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो विरोध कम्युनिस्टको बर्को बोकेर बाटोमा बसेका छन्। लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको विरोधी उनीहरु नै हो’ उहाँले भन्नुभयो, ‘उनीहरुले नै कम्युनिस्ट आन्दोलन बिगारे। कम्युनिस्ट आन्दोलनलाई स्वार्थसँग जोडेर मात्रै हेरे।’

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहले नियम तोड्ने, धाकधक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिँडेको बताउँदै  अब ‘कानून मान्दिनँ’भन्नेहरुको जमाना सकिएको बताउनुभयो ।

‘‘कानूनको पालना गर्नुहोस् हप्की दप्की गर्ने होइन । पालना गर्न सिक्नुहोस् कानुनको । लोकतन्त्र भनेको कानूनको राज हो । बलमिच्याँईंको राज होइन । प्रचण्डलाई म सम्झाउन चाहन्छु’ प्रधानमन्त्रीको भनाइ थियो ।

उहाँले भन्नुभयो  ‘ती दिन गए जतिबेला तपाई संविधान मान्दिनँ, कानुन मान्दिनँ भनेर उपद्रो मच्चाएर हिँड्नुभएको थियो ।’
प्रधानमन्त्री ओलीले आमहड्ताल आह्वान गरेर प्रचण्ड माधव समूहले जनतालाई दुःख दिएको र आफूहरु चाहिँ गाडी र मोटरसाइकलबाट  तमासा हेर्दै हिँडेको बताउनुभयो ।

‘बाटाका छेउमा ल्याएर बेचिराखेको तरकारी सडकभरी फ्याकेर क्रान्तिकारिता देखाउनुभयो । अरुका गाडी जलाउनु भो आफू गाडी सयर भएर तमासा हेर्दै जनताले कति दुख पाएका छन् हँ भनेर ? गाडी चढेर तमासा हेर्दै हिड्नुभयो’ ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले उच्च मनोबलसहित बहुमत ल्याउने ढंगले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button