२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

उपकप्तान सिता थापाको ब्याटिङ वरीयता ८५ औँ स्थानमा यथावत्

राजेन्द्र विक्रम शाही २०७७ माघ २२ गते २०:०५
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को महिला टी–ट्वान्टी ब्याटिङ वरीयतामा नेपालकी उपकप्तान सिता राना मगर यस अघिकै स्थानमा रहन सफल हुनु भएको छ ।
आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा सिताको ब्याटिङ वरीयता यथावत् ८५ औँ स्थानमा रहेको छ ।
ब्याटिङतर्फ अस्ट्रेलियाकी बेथ मोनी शीर्ष स्थानमा हुनुहुन्छ ।
यस्तै आइसीसी महिला टी–ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल यथावत् रहँदै १४ औँ स्थानमा छ ।
वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता अस्ट्रेलिया रहेको छ भने इंग्ल्यान्ड दोस्रो, भारत  तेस्रो, न्युजिल्यान्ड चौथो र  दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।
ओडीआइमा भने अस्ट्रेलिया शीर्ष स्थानमा रहँदा भारत दोस्रो, इंग्ल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र न्युजिल्याण्ड पाँचौँ स्थानमा रहेका छन् ।

सम्बन्धित