तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय महिला लिग दोस्रो चरणको खेल यही २४ गते देखी 

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणका खेलहरू यही माघ २४ गते शनिवारदेखि सुरु हुने भएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शनिवारबाट खेलहरू हुने गरी बिहीबार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो ।
एन्फाले सार्वजनिक गरेको तालिका अनुसार शनिबार त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबिच प्रतिस्पर्धा हुनेछ ।
तालिका अनुसार यही माघ २५ गते विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका रौतहट तथा अर्को खेलमा नेपाल पुलिस र वालिङ नगरपालिका आमनेसामने हुनेछन् ।
२६ गते शीर्षस्थानको एपीएफ र चौदण्डीगढी नगरपालिका उदयपुरबिच खेल हुँदा २७ गते आर्मी र वालिङ तथा अर्को खेलमा विराटनगर महानगर र नेपाल पुलिस प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा आगामी फागुन ७ गते दोस्रो चरणका सबै खेल सकिने गरी एन्फाले खेल तालिका सार्वजनिक गरेको हो ।
दोस्रो चरण अन्तर्गत ७ गतेको अन्तिम खेल दशरथ रङ्गशाला र त्यस अघिका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।
जारी महिला लिगको पहिलो चरण सकिदा साबिक विजेता एपीएफ ६ खेलमा ६ जितसहित १८ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।
यस्तै दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले ६ खेलमा १३ अङ्क जोडेको छ ।
विराटनगर महानगरपालिका १० अङ्क जोडेर तेस्रो स्थानमा रहँदा ८ अङ्क जोडेको नेपाल पुलिस क्लब चौथो स्थानमा रहेको छ ।
वालिङ नगरपालिका ८ अङ्क जोडेर पाँचौँ, ३ अङ्क जोडेको चन्द्रपुर छैटौँ र अङ्क विहीन चौदण्डीगढी अन्तिममा रहेको छ ।
प्रतियोगितामा ३ विभागीय सहित ७ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button