तपाईँ सुन्दै हुनुहुन्छः

सूचना प्रणालीमा नाम दर्ता नभएका कारण खोप लिनबाट वञ्चित नगर्नु : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले प्राथमिकतामा परेका व्यक्तिको नाम दर्ता नभएका कारण खोप लिनबाट वञ्चित नगर्न सम्बन्धित खोप केन्द्रलाई  सुचित गरेको छ ।
मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत सूचना प्रणालीमा दर्ता नभएकालाई खोप सेवाबाट वञ्चित हुन नदिन सम्बन्धित स्वास्थ्य परिषद् तथा मेडिकल काउन्सिल लगायतको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचय पत्र लिई आएका व्यक्तिलाई सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था गर्न जानकारी गराएको हो ।
मन्त्रालयका अनुसार कोरोना भाइरस विरुद्धको खोप आजसम्म १ लाख ५८ हजार ४ सय ८७ जनाले लगाएका छन् । १० दिने खोप अभियानको पहिलो चरणमा मुख्य प्राथमिकतामा परेका व्यक्तिहरूलाई खोप लगाइएको छ ।
२ सय २७ जना कोरोना सङ्क्रमणमुक्त, १ सय ७१ जनामा सङ्क्रमण पुष्टि
कोरोना भाइरसको सङ्क्रमणबाट आज २ सय २७ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६७ हजार २ सय ९२  पुगेको छ ।
हालसम्म ९८ दशमलव ४ प्रतिशत कोरोना सङ्क्रमित निको भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ३ हजार ८ सय ७८ वटा नमुना परीक्षण गर्दा १ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संंख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप २ जनाको मृत्यु भएसँगै सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २ हजार ३३ पुगेको छ ।
२ हजार २ सय ७७ सक्रिय सङ्क्रमित मध्ये ६१ जनाको आइसियु र १४ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
No description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button