तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज कारागारका कैदीबन्दीलाई कोरोना विरुद्धको खोप लगाइयो

वीरगंज । वीरगंज कारागारमा रहेका १ हजार २ सय २७ जना कैदीबन्दीहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।
वीरगंज कारागारमा रहेका १ हजार २ सय ७४ जना कैदीबन्दी मध्ये १ हजार १ सय ५० जना पुरुष र ५३ जना महिलालाई खोप लगाइएको वीरगंज कारागारका प्रमुख किरण थापाले जानकारी दिनुभयो ।
त्यसै गरी कारागार भित्र रहेका नेपाली सेना, नेपाल प्रहरी र कारागारका कर्मचारी गरी २४ जनालाई समेत खोप लगाइएको थापाले बताउनु भयो ।
कारागारका कैदीबन्दी मध्ये ७१ जनालाई दीर्घरोग, मधुमेह र उच्च रक्तचाप भएका कारण चिकित्सकको सल्लाह बमोजिम खोप नलगाइएको कारागारका आन्तरिक प्रशासन प्रमुख तथा नाइके मिश्रिलाल यादवले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button