२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

थप २२७ जना कोरोना सङ्क्रमणमुक्त

रेडियो नेपाल २०७७ माघ २२ गते १६:३४
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या २ लाख ७१ हजार ६ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
यसै गरी, आज थप २ सय २७ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६७ हजार २ सय ९२ पुगेको मन्त्रालयले जनाएको छ ।
आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल २ हजार २ सय ७७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म २ हजार ३३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित