तपाईँ सुन्दै हुनुहुन्छः

भारतका राष्ट्रपति भोलिदेखि दुई प्रदेशको भ्रमणमा जाने

नयाँ दिल्ली। भारतका राष्ट्रपति रामनाथ कोविन्दले भोलि बिहीबारदेखि दुई प्रदेशको भ्रमण शुरु गर्नुहुने भएको छ ।उहाँले भोलि फेब्रुअरी ४ देखि ७ तारिखसम्म कर्नाटक र आन्द्र प्रदेशको भ्रमण गर्नुहुने तय भएको राष्ट्रपति कार्यालयले बुधबार जनाएको छ ।

राष्ट्रपति कोविन्द भ्रमणको पहिलो दिन बिहीबार बेलुका कर्नाटक राज्यको बेङ्लोरका लागि प्रस्थान गर्नुहुने तालिका रहेको छ । भ्रमणका क्रममा उहाँले विभिन्न ठाउँमा सार्वजनिक सम्बोधनसमेत गर्नुहुने भएको छ ।रासस/एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button