तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा दुई सय ६० जनालाई न्यानो कम्बल र ज्याकेट वितरण

जुम्ला । जिल्ला प्रशासन जुम्लाद्धारा जारी हिमपात पुर्वतयारी तथा न्यानो वितरण अभियान सम्पन्न भएको छ । जुम्लामा चिसो बढ्दै गएपछि महिला,बालबालिका, अपांग,जेष्ठनागरिकलाई राहत स्वरुप यहाँका आठै स्थानीयतहका गाउँ गाउँमा पुगेर न्यानो कपडा वितरणको अभियान बुधबार सम्पन्न भएको हो ।

एक नगरपालिका र आठ गाउँपालिकाका जम्मा २ सय ६० जनालाई न्यानो कम्बल र ज्याकेट वितरण गरिएको छ । जसमा ८० जनालाई ज्याकेट र १ सय ८० जनालाई कम्बल गरी २ सय ६० जनालाई न्यानो राहत दिइएको हो स्थानीयतहको सिफारिसमा छनौट भएका विपन्न नागरिकलाई घरदैलोमै पुगेर ज्याकेट र कम्बल वितरण गरिएको थियो ।

जसमा चन्दननाथ नगरपालिकामा १४ जना,सिंजामा १२ ,हिमामा २१, तातोपानीमा २०, गुठिचौरमा १८, कनकासुन्दरीमा १८, पातारासीमा २२ र तिला गाउँपालिकामा ८८ जना गरी २ सय ६० जनालाई न्यानो राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।

उहाँका अनुसार तिलामा राहत पाउने ८८ जना मध्य ७० जना गोठीगाउँका अग्निपिडित र १८ जना अन्य विपन्न नागरिक रहेका छन् । प्रशासनले पुस र माघ महिनामा न्यानो वितरण तथा अग्निपिडितलाई गरी करिब १० लाख ५२ हजार बराबरको राहत दिएको छ ।

प्रजिअ थापाले भन्नुभयो,“ करिब ३ लाख ५१ ह्जार बराबरको कम्बल र ज्याकेट वितरण गरेका छौ । भने,तिला ७ गोठीगाउँका अग्निपिडितलाई ५ लाख ३० हजार बराबरको नगद राहत,१ लाख ५६ हजार बराबरको न्यानो कपडा, त्यस्तै चन्दननाथ नगरपालिका ३ का आगलागी पिडितलाई १५ हजार नगद राहत गरी जम्मा १० लाख ५२ हजार बराबरको राहत वितरण गरिएको छ ।”

चिसोमा न्यानो राहत पाउँदा खुसी
माघ तेस्रो साता बित्न लागिसक्दा पनि हिमपात नहुँदा जुम्लामा बढ्दै गएको चिसोमा गाउँमै पुगेर राहत न्यानो कम्बल र ज्याकेट पाउँदा स्थानीयले खुसी व्यक्त गरेका छन् । हिमा गाउँपालिकाकी ७२ वर्षिय बैशासी सार्कीले भनिन,“चिसो भएर पनि के गर्नु । अघिपछि कोहि छैन् । श्रीमानको पनि मृत्यु भैईसक्यो ।

प्रशासनले न्यानो कम्बल दिँदा निकै खुसी छु ।” करिब ९ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाउँदा घर खर्च चलाउनै धौधौ भएकी सार्कीले राहतका रुपमा न्यानो कम्बल पाउँदा दिनदुखीका लागि प्रशासनले बाच्ने आधार दिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

साथै तातोपानी गाउँपालिका ५ की फाँचु दमाईले पनि न्यानो कम्बल पाउँदा उनको खुसीको सिमा थिएन् । किन की नत उहाँको बस्ने आवास राम्रो, नत खाने गास नत लगाउने कपासनै छन् ।

श्रीमानको मृत्युपछि छोरा भारत जाँदा बुहारी अर्कै संग भागेर गएपछि फाँचु दमाईको दिनचर्या निकै कष्टकर बन्दै गएको छ । भत्कीनै लागेको घरमा माघको कठ्याग्रिदो चिसोमा प्रयाप्त ओड्ने ओछ्याउने नहुँदा रातकटाउनै मुस्किल भएको फाँचुलाई प्रशासनले कम्बल राहत दिँदा खुसी नहुने कुरै भएन् ।

फाँचु दमाई र बैशाखी सार्की एक उदाहरण मात्र हुन । जिल्लाका २ सय ६० जना विपन्न नागरिकहरु प्रशासनको न्यानो राहत पाउँदा खुसी भएको पाइएको छ । विगतका वर्ष भन्दा यस वर्ष प्रजिअ थापाले गाउँगाउँमा पुगेर न्यानो वितरण गरेपछि स्थानीयले सरकार साथमा रहेको महसुश गरेको डिएसपी माधवप्रसाब काफ्लले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button