२०७९ साल असार १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

बन्द हडताल नगर्न गृह मन्त्रालयको आग्रह (विज्ञप्ति सहित)

रेडियो नेपाल २०७७ माघ २१ गते २०:४८

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को नामबाट विविध विषयहरू उठाई साँझ मसाल जुलुस र भोलि २०७७।१०।२२ गते देशव्यापी आम हडताल आव्हान गरिएको भनी सार्वजनिक भएको प्रेस वक्तव्य उपर गृह मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालको संविधान तथा प्रचलित कानुन विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगायतका ध्वंसात्मक एवं अवाञ्छित गतिविधि नगर्न र संविधान प्रदत्त हकको निर्बाध उपभोग गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न सम्बद्ध पक्षसँग आग्रह समेत गरेको छ ।

शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अवाञ्छित गतिविधि गरेमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानुन बमोजिम कारबाही गरिने समेत मन्त्रालयले जनाएको छ ।

सम्बन्धित