२०७९ साल असार १९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशसभाको चौथो स्थापना दिवस

रामप्रसाद आचार्य २०७७ माघ २१ गते १९:४७

रुपन्देही । लुम्बिनी प्रदेशसभाको चौथो स्थापना दिवस मनाइएको छ । २०७४ साल माघ २१ गते स्थापना भएको लुम्बिनी प्रदेशसभाले तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा लागेको छ ।

स्थापना दिवसमा सभामुख पुर्णबहादुर घर्तीले प्रदेशसभाले तेस्रो वर्ष पूरा गर्दै गर्दा झन्डै ५ दर्जन कानुन निर्माण गरेको बताउनुभयो । उहाँले यो अवधिमा प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय टुङ्गो लगाउन जनताले दिएको जिम्मेवारी पनि सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश सरकार अरू प्रदेशको तुलनामा विकास निर्माणका काममा अगाडि रहेको बताउनुभयो । प्रदेश सरकारले कानुन निर्माण तथा प्रदेशको नाम र राजधानीजस्तो महत्त्वपूर्ण निर्णय गर्न सफल रहेको बताउनुभयो ।

सम्बन्धित