२०७९ साल असार १२ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

जुत्ता, चप्पल व्यापार मेला तथा प्रदर्शनी २०७७ सुरु

रेडियो नेपाल २०७७ माघ २१ गते १९:०६

file photo

काठमाडौँ । काठमाडौँको प्रर्दशनीमार्ग, भृकुटीमण्डपमा बुधवारबाट जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७ सुरु भएको छ । स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान भन्ने मूल नाराका मेलाको सञ्चालन गरिएको हो । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले कोभिडपछि गरेको यो पहिलो वृहत् मेला हो । प्रदर्शनीको समुद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले गर्नुभयो ।

कार्यक्रममा बोल्दै श्रेष्ठले कोभिडका कारण आयात निर्यात बन्द भएको अवस्थामा पनि स्वदेशी उत्पादनले माग धानेको र आगामी दिनमा स्वदेशमा मात्रै नभएर आकर्षक तथा नयाँ डिजाइनका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरूको उत्पादन गरी विदेशमा अझै निर्यात गर्न सके अर्थतन्त्रमा सहयोग पुग्ने बताउनुभयो । उहाँले विगतको मेला भन्दा अहिलेको मेलामा देशकै उत्कृष्ट ब्रान्डहरूको सहभागिता रहेकोमा खुसी व्यक्त गर्दै ग्राहकहरूलाई स्वदेशी उत्पादनहरूको प्रयोग गरी देशलाई आत्मनिर्भर हुन सहयोग पुर्‍याउन आग्रह गर्नुभयो ।

मेलामा स्वदेशी सम्पुर्ण ब्रान्डहरू फिटराइट, ल्याण्डवाक, फ्रस्टवाक–आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियर हिल, गोल्ड स्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजी लगायतका सहभागी छन् ।

एक्स्पोमा उपभोक्ताहरूले स्वतःस्फूर्त रुपमा प्रदर्शनीमा राखिएका वस्तुहरू अवलोकन गरी मूल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मूल्यमा खरिद गर्ने अवसर पाउनेछन् । मेला आगामी फागुन १० गतेसम्म रहनेछ ।

सम्बन्धित