२०७९ साल असार २१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

४१ किलो गाँजा बरामद

संजीब बिक्रम शाह  २०७७ माघ २१ गते १३:२०

राजविराज। सशस्त्र प्रहरीले सप्तरीको सकरदहीबाट ४१ किलो गाँजा आज बरामद गरेको छ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा लागूऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

उपरीक्षक श्रेष्ठका अनुसार सार्वजनिक जग्गामा राखिएको परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो ।
यस सम्बनधमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

सम्बन्धित