तपाईँ सुन्दै हुनुहुन्छः

बेग्लाबेग्लै दुर्घटनामा तीन घाईते

पाल्पा।पाल्पामा बुधबार बिहान भएका बेग्लाबेग्लै दुर्घटनामा तीन जना घाईते भएका छन । तिनाउ गाउपालिका २ खुर्सानेको ढुङ्गाखानी भित्रि सडक खण्डमा दोभानबाट खानीतर्फ जाँदै गरेको लु १ ख ८९८७ नम्बरको खाली टिप्पर अनियन्त्रित भई सडक देखी झण्डै १० मिटर तल खस्दा टिप्पर चालक रुपन्देही देबदह नगरपालिका १० का बर्ष ४० का मनोज घर्ति र सहचालक कपिलबस्तु शिबराज नगरपालिका ९ बस्ने बर्ष २० को श्रीराम थारु घाईते भएका छन । घाईतेहरुलाई उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको छ । उनीहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

यसै गरि बुधबार बिहानै तानसेन रिडी सडक खण्डको जोर्तेमा बुटवलबाट अर्गलीतर्फ जाँदै गरेको लु २ ख ३५७१ नम्बरको खाली टिप्पर अचानक सडक देखी १०० मिटर तल खस्दा चालक तानसेन नगरपालिका १४ का बर्ष ३५ का प्रकाश राना घाईते भएका छन । घाईतेलाई उपचारको लागी युनाईटेड मिसन अस्पताल पाल्पा पठाईएको छ । घाईते रानाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button