तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ मेयर कप पुरुष एक दिवसीय क्रिकेट आयोजना हुने

काठमाडौँ । पहिलो संस्करणको काठमाडौँ मेयर कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिता आयोजनाको लागि मङ्गलवार काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेको छ ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्द र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार क्यानले आगामी चैतको मसान्तभित्र प्रतियोगिता आयोजना गर्नेछ । यस्तै प्रतियोगिताको लागि काठमाडौँ महानगरपालिकाले क्यानलाई ५० लाख उपलब्ध गराउने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button